प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै आन्दोलन सुरु

तेज बोहरा
कैलाली, २२ साउन । प्रदेश ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै दिपायल राजधानी संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ । समितिले मंगलबार प्रदेशसभा अगाडी प्रर्दशन गरेको छ ।

प्रदेश ७ को प्रदेशसभाले स्थायी राजधानी र नामाकरण गर्न समिति बनाएसँगै दिपायल राजधानी हुनुपर्ने माग गर्दै संघर्ष समिति फेरि आन्दोलित भएको हो । राजधानी दिपायल हुनुपर्ने माग राख्दै संघर्ष समितिले मंगलबार प्रदेश सभा अगाडी शान्तीपूर्ण प्रर्दशन गरेको छ ।

डोटी उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको टोली दिपायललाई राजधानी बनाउनु पर्ने माग राख्दै धनगढी आएको हो । राजधानीको नामाकरणको लागि गठित संसदीय समिति र संघर्ष समितिबीच छलफल भएको छ । छलफलमा संघर्ष समितिले विकासका लागि दिपायल नै राजधानी हुनुपर्ने सुझाव दिएका छन् ।

संसदीय समितिका संयोजक तारा लामा तामाङले सबैबाट आएका सुझावहरुलाई जस्ताको तस्तै संसदमा पेश गर्ने बताए ।

प्रदेश सरकारले स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिबेदन पेश गर्न प्रदेश सांसद तामाङको संयोजकत्वमा ५ सदस्यीय संसदीय समिती गठन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);