राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक

Singhadurbar

काठमाडौं, २२ साउन । संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक मंगलबार बसेको छ । समितिकी जेष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा सिंहदरबारमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठक बसेको हो ।

बैठकमा समितिकी जेष्ठ सदस्य भट्टले समितिको कार्यसूचि, कार्यविधि र कार्ययोजना तय गर्न आवश्यक तयारी गर्न समितिका सदस्यहरुलाई निर्देशन दिइन् । उनले विषयबस्तुको गहन अध्ययन गरेर प्रस्तुत हुन पनि समितिका सदस्यहरुको ध्यानाकर्षण गराइन् ।

बैठकमा समितिका सदस्यहरुले समितिको कार्यविधि बनाउन ढिलाई गर्न नहुनेमा जोड दिएका छन् । समितिका सदस्य सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई प्रभावकारी बनाउने गरी समितिले आफ्नो कामलाई अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।

समितिका अर्का सदस्य प्रकाश पन्थले प्रतिनिधिसभाको क्षेत्राधिकार हस्तक्षेप नहुने गरी समितिले आफ्नो कामलाई अघि बढाउनुपर्ने बताए । उनले राष्ट्रिय सभाको गरिमा कायम हुने गरी समितिलाई सक्रिय बनाउन लाग्नुपर्ने बताए ।

समितिको कार्य क्षेत्र भित्र तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि/सम्झौताको कार्यान्वयनको अवस्था, समन्यायिक विकासको अवस्था, पिछडिएका क्षेत्र, समूदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोग सम्बन्धि विषयहरु रहेका छन् ।

१४ सदस्यीय समितिको सभापतिको निर्वाचन राष्ट्रिय सभाका अध्यक्षले तोकेको मितिमा हुने व्यवस्था गरिएको छ । सभापति चयन नभएसम्मका लागि समितिको बैठकको अध्यक्षता जेष्ठ सदस्य भट्टले गर्नु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);