राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यविधि पारित | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यविधि पारित

Rastriya sarokar tatha samanwaya samitee

काठमाडौं, २० भदौ । संघीय संसद अन्तरगतको राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको कार्यविधि पारित भएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सचिवालयले तयार पारेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको हो ।

सचिवालयले प्रस्ताव गरेको कार्यविधि सदस्यहरुको सुझावसहित पारित गरिएको समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रियसभा नियमावली र समितिको कार्यविधि अनुसार समितिको काम, कार्वाहीलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । समितिका सदस्यद्धय सुरेन्द्रराज पाण्डे र खिमलाल भट्टराईले समितिको कामलाई प्रभावकारी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यविधिमा समितिको कामलाई प्रभावकारी बनाउन विज्ञहरुको परामर्श लिन सकिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी आवश्यक्ता अनुसार उपसमिति गठन गर्ने पनि समितिको कार्यविधिमा समावेश छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);