प्रदेशको राजधानी बनाउने विषयलाई लिएर विवाद बढ्दो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेशको राजधानी बनाउने विषयलाई लिएर विवाद बढ्दो

काठमाडौं, ९ पुष । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आएसँगै प्रदेश राजधानीको बहसले मुलुक तातेको छ ।

 

जनताले अनुकूल ठाउँमा प्रदेश राजधानी हुनुपर्ने बताइरहँदा नेताहरुले आफ्नै जिल्लालाई राजधानी बनाउने अड्डी कसेपछि प्रदेश राजधानीको बहसले मुलुक तातेको हो । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवललाई राजधानी नबनाए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ भने माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङलाई राजधानी बनाउनुपर्छ भन्दै जनता उकासिरहनुभएको छ ।

 

एमालेका बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले जनतासामु बझाङको बित्थडमा ७ नम्बर प्रदेशको राजधानी बनाउन पहल गर्ने बताउनुभएको छ । तर बझाङका सर्वसाधारणले भने बझाङभन्दा डोटीको दिपायल राजधानीका लागि उपयुक्त भएको बताएका छन् ।

केन्द्रीय नेताको बहकाउमा लागेर स्थानीय नेताहरुकै सक्रियतामा नुवाकोट, धनगढी, डडेल्धुरालगायतका जिल्लामा प्रदेश राजधानीको माग गर्दै संघर्ष समितिसमेत गठन गरिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);