राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशलाई लिएर राजनीतिक परामर्शलाई तीब्रता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशलाई लिएर राजनीतिक परामर्शलाई तीब्रता

sital niwas

संघीय समाजवादी फोरमका अध्यक्ष यादव शितल निवासमा 

काठमाडौं, ९ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशको विषयमा राजनीतिक परामर्शलाई तिब्रता दिएकी छन् ।

 

सत्तारुढ नेपाली कांग्रेस र निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबीच निर्वाचन प्रणालीको विषयलाई लिएर तिब्र विवाद देखिएपछि राष्ट्रपति भण्डारीले राजनीतिक परामर्शलाई तिब्रता दिएकी हुन् । राष्ट्रपति भण्डारीले परामर्शका क्रममा आज संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेतालाई शितल निवासमा बोलाएकी हुन् । राष्ट्रपतिले अहिले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिरहेकी छिन् ।

 

मधेशवादी दलका नेतासँगको परामर्शपछि आवश्यक परे राष्ट्रपतिले विज्ञहरुसँग पनि छलफल गर्ने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीले यसअघि सत्तारुढ नेपाली कांग्रेस तथा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेतासँग परामर्श गरिसक्नुभएको छ । सरकारले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको दुई महिना नाघिसकेको छ । अध्यादेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको प्रस्ताव गरिएकामा एमालेले त्यसको साटो वहुमतीय प्रणालीबाट राष्ट्रिय सभा गठन गरिनुपर्ने बताउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);