राष्ट्रपति भण्डारीले आज राजनीतिक दलका नेतासँग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपति भण्डारीले आज राजनीतिक दलका नेतासँग छलफल गर्ने

bidhya devi bhandari

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसंग छलफल गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीले देशको समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लगायतलाई आज साँझ ५बजे राष्ट्रपति कार्यालय शितल निवासमा बोलाउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मुलुकमा पछिल्लो समय विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउन लगायतका समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ ।

लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि छलफलको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);