वैवाहिक अंगीकृत नागरिकता विधेयक विरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वैवाहिक अंगीकृत नागरिकता विधेयक विरुद्ध प्रदर्शन

कपिलवस्तु, ९ असार । जनता समाजवादी पार्टीले सरकारले ल्याउन लागेको बैवाहिक अंगीकृत नागरिकता विधेयक विरुद्ध मगंलबार कपिलवस्तुमा प्रदर्शन गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले सरकारले मधेशी समुदायलाई लक्षित गरी बर्षौ देखि रहि आएको भारतसंगको रोटी वेटीको सम्बन्धलाई सकाउन यस्तो विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

कपिलवस्तुको जिल्ला प्रशासन चोकको कोण सभामा मधेशवादीले उपभोग गरिरहेको अधिकार समेत मास्ने गरी सत्तारुढ दलले निर्णय गर्नु आपत्तिजनक रहेको बताएको छ । विवाह गरेर आउने महिलाले चाहेकै बखत नागरिकता लिन पाउने व्यवस्था नै ठिक रहेको जिकिर गर्दै नागरिकताकै लागि सात वर्षसम्म प्रतिक्षा गर्नुपर्ने कुरा उचित हुन नसक्ने उनीहरुको तर्क छ ।

नेकपा सरकारले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा बसोबास गरेको सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको ठिक नभएको नारा लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);