सरकारलाई एमालेको प्रश्न- वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारलाई एमालेको प्रश्न- वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? 

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ? भनी प्रश्न गरेको छ ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजेका हुन् ।

‘वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो ?’ सांसद पोखरेलको प्रश्न छ । उनले विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ भनी प्रश्न गरे ।

‘कहाँ छ आउने वित्तिकै नागरिकता दिने ? भारतमा ७ वर्ष छ । जहाँ पनि कम्तिमा ४÷५ बर्ष छ’ उनले भने । सांसद पोखरेलको आग्रह छ, ‘कति पनि हुन्न विवाह गरेर आउने वित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन । यसमाथि छलफल गरौं र एउटा निष्कर्षमा पुगौं ।’

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ बर्ष पछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।
नयाँ विधेयकमाथि संसदमा छलफल सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);