नागरिकता सम्बन्धी विधेयकमा कांग्रेसको लिखित असहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नागरिकता सम्बन्धी विधेयकमा कांग्रेसको लिखित असहमति

rajya bebastha-congress asahamati

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धी विधेयकमा लिखित असहमति जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ती सम्बन्धी व्यवस्थामा कांग्रेसले असहमति जनाएको हो ।

समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसंग विहे गरेर आउने विदेशी महिलालाई दिईने वैवाहिक अंगीकृत नागरिकताका लागि ७ बर्ष राख्ने संशोधिन प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो ।

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट फरक मत पढेर सुनाउदै सभापति श्रेष्ठलाई बुझाउनु भएको थियो । कांग्रेसले नागरिकता प्राप्तिका लागि धेरै लामो समय राख्दा संबैधानिक एवम् सामाजिक जटिलताहरु समेत श्रृजना हुन सक्ने भन्दै २०६३ कै व्यवस्था राखिनुपर्ने माग गरेको छ ।

त्यसैगरी समाजवादी पार्टी नेपालले पनि वैवाहिक अंगिकृत नागरिकताको सवालमा प्रस्तावित व्यवस्थामा असहमति जनाएको छ । विधेयकमा सहमती नजुटेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

दलहरुबीच सहमति जुटाउनका लागि बैठक स्थगित गरिएको समितिका सदस्यहरुले बताएका छन । समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेकय नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई आजै मत विभाजनका आधारमा टुंगो लगाउने तयारी गरेको गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);