प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै पूरा अवधि निरन्तरता पाउँछ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै पूरा अवधि निरन्तरता पाउँछ : प्रचण्ड

prachanda-illam

इलाम, २८ भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै पूरा अवधि निरन्तरता पाउन सक्ने बताउनुभएको छ ।

शनिवार इलाममा पत्रकारहरुसंग कुराकानी गर्दै दाहालले अर्का अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरुन्जेल आफु अध्यक्ष नै रहने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले सल्लाह, छलफल र सहमतिले नै पार्टी एकिकरण भएको भन्दै अब पनि सहमतिकै आधारमा आफु अध्यक्ष भएर नै पार्टी चलाउने बताउनु भयो ।उहाँले पार्टी एकिकरणको काममा अल्झिदा सरकारप्रति जनताको गुनासो रहेता पनि सरकारको कामले अव गति लिने समेत दावी गर्नुभयो ।

पत्रकारहरुको प्रश्नमा अधयक्ष दाहालले सरकार प्रेसमैत्री भएको उल्लेख गर्दै प्रेसलाई अंकुश लगाउन सरकार नलागेको उल्लेख गर्नुभयो ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि