राष्ट्रिय एकताविरुद्ध षड्यन्त्र भइरहेको प्रधानमन्त्री ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रिय एकताविरुद्ध षड्यन्त्र भइरहेको प्रधानमन्त्री ओलीको दाबी

pm kp sharma oli

काठमाडौं, ३ जेठ । नेकपाका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षड्यन्त्र भईरहेको बताउनुभएको छ ।

२६ औ मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक बर्ष पुगेको अवसरमा शुक्रवार मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भईरहेको बताउनुभएको हो । उहाँले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्धन्द्ध मच्चाउन खोज्ने प्रयास भईरहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बालुवाटारको जग्गा, सुनकाण्ड, भ्रष्टाचार लगायतमा छानविन सुरु गरेको सरकार विरुद्ध नै हमला भईरहेको गुनासो गर्नुभयो । कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले स्वर्गीय मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनु भयो । उहाँले मदन भण्डारीको नयाँ परिस्थितिको विश्लेषण गरेर अघि बढने आँट र साहसकै प्रेरणाबाट दुई पार्टीबीच एकता गरिएको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टी एकीकरणको बाँकि काम छिट्टै सम्पन्न गरी पार्टीलाई अझ गतिशील र जीवन्त बनाउने गरी नयाँ राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);