मुलुक मदन भण्डारीले देखाएको बाटोमा : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

मुलुक मदन भण्डारीले देखाएको बाटोमा : प्रम ओली

kp oli

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउने संकल्प दोहो-याएका छन् । प्रधानमन्त्री ओलीले मुलुकलाई सुन्दर, सफा र समृद्ध बनाउन एकपछि अर्को अभियान संचालन गर्दै अघि बढने योजना पनि अघि सारे।

मंगलबार काठमाडौंको कोठेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दैै उनले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सरकार देश बनाउन प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले मुलुकमा भ्रष्टाचार हुन नदिने अठोट गरे । प्रधानमन्त्री ओलीले सरकारले केही गर्दैन भन्ने भ्रम छर्न खोजिएको भन्दै त्यसमा सचेत रहन पनि सवैलाई आग्रह गरे ।

उनले सरकारको देशहित बाहेक अन्य कुनै उद्देश्य नरहेको बताए । प्रधानमन्त्री ओलीले सडकमा हुने सबै खालका बेथिती अन्त्य गर्ने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोबाट अघि बढेको बताए । उनले मदन भण्डारीको विचार सबैको साझा विचार भएको उल्लेख गर्दै सोही विचार अनुसार अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मदन भण्डारीले देखाएको बाटोबाटै मुलुकमा साम्यवाद आउने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती भईरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले मुलुकको आर्थिक विकास गर्ने सरकारको संकल्प प्रशंनीय भएपनि काठमाडौंको सडक निर्माणमा भईरहेको ढिलाई सबैको टाउको दुखाईको विषय बन्ने गरेको बताए । कडा निगरानीका साथ सडक निर्माणको कामलाई तीव्रता दिन नेता नेपालको सरकारलाई सुझाव दिए ।