मुलुकलाई हाँक्न सक्ने पार्टी नेकपा मात्रै : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुलुकलाई हाँक्न सक्ने पार्टी नेकपा मात्रै : प्रम ओली

kp oli pm

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई हाँक्न सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै भएको दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्रै सुशासनसहितको समाजवादी तर्फको यात्रालाई अघि बढाउन सक्ने बताए । मदन भण्डारीको जन्मजयन्तिको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा सामाजिक सदभाव कायम गरेर अघि बढ्ने योजना पनि सुनाए । प्रधानमन्त्री ओलीले कम्युनिष्ट नेतृत्वमा मुलुकलाई अघि बढाउने समय आएको तर्क गरे ।

उनले आगामी असोज ३ गते भित्र संविधान कार्यान्ववयनका लागि आवश्यक सबै कानुन निर्माण गरिसक्ने घोषणा गरे । काँग्रेस नेतृत्वको अघिल्लो सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणको काममा सिन्को समेत नभाँचेको भन्दै प्रम ओलीले आक्रोस व्यक्त गरे ।

सरकारले तराईमा हुने डुबान समस्या समाधान गर्न सर्भे टोली नै परिचालन गरेको बताउँदै उनले भारतसँग सन् १९५० मा भएको असमानसन्धी पुनरावलोकन गर्न लागिएको बताए ।

प्रधानमन्त्री ओलीले थप चार ठाउँबाट हवाई रुट परमिट लिने भारतसँगको समझदारी कार्यान्वयनमा आउनु नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार मुलुकको विकास र समृद्धिमा केन्द्रित भएको बताए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीले दिएको वैचारिक योगदानको पनि स्मरण गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);