औचित्यका आधारमा संविधान संशोधन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

औचित्यका आधारमा संविधान संशोधन : प्रम ओली

kp oli pm

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अघि बढाउन अनुकुल भुमिका खेल्न सक्ने औचित्यका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।

पार्टी एकिकरण पछि शनिबार संघीय संसद भवन नयाँ वानेश्वरमा बसेको पहिलो संसदीय दलको एकिकृत बैठकमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मुलुकलाई अघि बढाउने सवालमा संविधान संशोधन हुने बताएका हुन् । उनले राष्ट्र विकासको साझा संकल्प पुरा गर्ने सवालमा संविधान संशोधन गरिने बताए ।

उनले राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधिनता लगायत आन्तरिक मामिलामा स्वतन्त्र राष्ट्रको हैसियतले सरकारले काम गर्ने स्पष्ट पारे । अरुबाट नियन्त्रित र निर्देशित भएर सरकार नचल्ने भन्दै उनले राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिने स्पष्ट पारे ।

सार्वभौम समानताका आधारमा छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम रहने उल्लेख गर्दै उनले लामो समयदेखि विराटनगरमा भारत सरकारले स्थापना गरेको सम्पर्क कार्यालय अब नरहने बताए ।

सबै दृष्टिले सबै भन्दा ठुलो लोकतान्त्रिक पार्टी नेकपा भएको भन्दै उनले नेपाली कांग्रेसलाई नआत्तिन आग्रह गरे । उनले भने ‘नेपाली कांग्रेस अलि बढी आत्तियो । नेपाली कांग्रेस आत्तिनु पर्दैन । नेपालमा सबै भन्दा बढी डेमोक्रेटिक पार्टी नेकपा भएको छ । त्यसैले अध्यक्ष पनि दुईवटा ।’

उनले विपक्षीलाई दमन गर्न र अनुचित ढंगले प्रयोग गर्नका लागि शक्ति आर्जन नगरेको स्पष्ट पारे । नेकपाले पाएकोे ब्रह्मास्त्र अनुचित स्थानमा प्रयोग नहुने उनले स्पष्ट पारे ।

पछाडि परेका समुदायलाई अगाडि ल्याउन सरकारले विशेष नीति बनाएको उल्लेख गर्दै उनले विकासका उद्देश्यलाई साकार पार्ने गरि सरकारको नीति तथा कार्यक्रम आउने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);