समृद्ध नेपाल निर्माणका लागि सरकारलाई सघाउन विपक्षी दललाई आग्रह : सुवासचन्द्र नेम्बाङ्ग | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

समृद्ध नेपाल निर्माणका लागि सरकारलाई सघाउन विपक्षी दललाई आग्रह : सुवासचन्द्र नेम्बाङ्ग

subash chabdra nambang

काठमाडौं, ११ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्बाङ्गले समृद्ध नेपाल निर्माणका लागि सरकारलाई सघाउन विपक्षी दललाई आग्रह गरेका छन् ।

मुलुकको आर्थिक विकास नै वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताउँदै उनले नीति तथा कार्यक्रम पनि सोहीअनुरुप तयार गरिएको स्पष्ट पारे प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेम्वाङले जनतासँग गरेका बाचाअनुसार नै कार्यक्रमहरु तयार गरिएको बताए । अर्को प्रशंगमा उनले औचित्यका आधारमा मात्रै संविधान संशोधन गरिने स्पष्ट पारे ।

संविधान संशोधनमा एमालेका धारण फेरिएको भनेर कसैले बुझे त्यो गलत हुने उनको भनाइ थियो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको राष्ट्रिय जनता पार्टीले भने संसदमा सरकारप्रति चरम असन्तुष्टि पोखेको छ । उसले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको बताएको छ ।

राजपाका सांसद महेन्द्र राय यादवले नीति तथा कार्यक्रम महत्वकांक्षी र जनतालाई झुक्याउने खालको रहेको टिप्पणी गरे । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उहाँले सरकार आफैँ अस्पष्ट देखिएको बताए ।
सरकारले राजनीतिक समस्या सम्बोधन नगरी जति नै लोकप्रिय सपना बाँडेपनि त्यो सार्थक नहुने उनको दाबी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);