प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच जुहारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच जुहारी

sadan

काठमाडौं, ११ जेठ । प्रतिनिधिसभा बैठकमा आज पनि सांसदहरुबीच नीति तथा कार्यक्रमलाई लिएर रस्साकस्सी भएको छ । सत्तारुढ दलका सांसदले सरकारी कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षीले आलोचना गरेका छन् ।

बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले नीति तथा कार्यक्रमको औचित्यबारे धेरै शब्द खर्चिए । उनीहरुले विगतभन्दा धेरै नै अब्बल कार्यक्रम सरकारले ल्याएको दाबी पनि गरे ।

आर्थिक समृद्धिको सपना पूरा गर्न हालै ल्याइएको नीति तथा कार्यक्रम महत्वपूर्ण हुने सत्तारुढ दलका सांसदहरुको भनाइ थियो । त्यसैले नीति तथा कार्यक्रमको विरोध गर्न छाडेर समर्थन गर्न सांसद सुवासचन्द्र नेम्बाङले विपक्षी कांग्रेसलाई आग्रह गरे ।

नेकपाका सांसद योगेश भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख भावी समृद्ध नेपालको मार्गचित्र सरकारको नीति तथा कार्यक्रमले दिएको भन्दै बासी र पुराना प्रश्न गरेर सरकारलाई अलमलमा नपार्न आग्रह गरे । नेकपाका अर्का सांसद देव गुरुङले पनि नीति तथा कार्यक्रम कति प्रभावकारी भन्ने कुरा कार्यान्वयनपछि थाहा हुने बताए।

सत्तारुढ दलका सांसदले जति नै प्रष्ट्याउन खोजेपनि विपक्षी कांग्रेसका सांसदले नीति तथा कार्यक्रमको आलोचना गर्न छाडेनन् । बैठकमा कांग्रेस सांसद बिजयकुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रममा राजनीतिक प्रतिवद्धता आउन नसकेको टिप्पणी गरे ।

सरकारले राज्यलाई कसरी हाँक्न खोजेको छ भन्ने प्रतिवद्धता नीति तथा कार्यक्रममा आउनुपर्ने उनको तर्क थियो । विपक्षीमात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको राष्ट्रिय जनता पार्टीले पनि संसदमा सरकारप्रति चरम असन्तुष्टि पोखेको छ । उसले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको बताएको छ ।

राजपाका सांसद महेन्द्र राय यादवले नीति तथा कार्यक्रम महत्वकांक्षी र जनतालाई झुक्याउने खालको रहेको टिप्पणी गरे । सरकारले राजनीतिक समस्या सम्बोधन नगरी जति नै लोकप्रिय सपना बाँडेपनि त्यो सार्थक नहुने उनको दाबी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);