राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

rastriya sava

काठमाडौं, ११ जेठ । राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । राष्ट्रियसभाको बिहिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममको बचाउ गरेका छन भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले आलोचना गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद दिनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम मुलुकलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्नेगरी आएको दाबी गरे ।

उनले सरकारको नीति तथा कार्यक्रम राष्ट्रियताको पक्षमा रहेको र यसले विकास निर्माणको कामलाई गति दिने विश्वास व्यक्त गरे । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले भने सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय लक्ष्य अनुसार नआएको भन्दै आलोचना गरेका छन । कांग्रेस सांसद सुरेन्द्र पाण्डले सरकारले महत्वकांक्षी नीति लिएको तर त्यसलाई पूरा गर्ने कार्यक्रम नल्याएको दाबी गरे ।

त्यस्तै सांसद राधेश्याम अधिकारीले पनि स्थानीय तहलाई बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);