'नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग’

sadan

काठमाडौं, १० जेठ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् । सांसद बडुले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई सम्बोधन गर्न नसकेको आरोप लगाए । सरकारले कार्यक्रम विनाको नीति मात्रै ल्याएको उल्लेख गर्दै त्यसलाई पुनर्लेखन गरेर पूर्णता दिनुपर्ने सांसद बडुको तर्क छ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सांसद बडुले सरकारको नीति तथा कार्यक्रममा अनावश्यक विषयले प्राथमिकता पाएको भन्दै आपत्ति जनाए ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद विशाल भट्टराईले सरकारले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने संकल्पसहित नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको बचाऊ गरे ।

उनले सरकारको नीति तथा कार्यक्रमले पूर्वाधार विकासमा जोड दिएको, सबै स्थानीय तहमा प्राविधिक शिक्षालाई स्थापना गर्ने योजना अघि सारेको भन्दै त्यसले जनताको अपेक्षालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । सांसद भट्टराईले सरकारको नीति तथा कार्यक्रममाथि विरोध गर्ने ठाउँ नरहेको दावी गरे ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारलाई कृषि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने अभियान संचालन गर्न सुझाव दिए । उनले सपना बाँड्ने भन्दा पनि जनताको अपेक्षा पूरा हुनेगरी सरकारले बजेट ल्याउनुपर्ने आवश्यक्ता औंल्याए ।

सांसद कर्णले सरकारको नीति तथा कार्यक्रममा धेरै विषयलाई प्राथमिकता दिइएको भन्दै आलोचना गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);