नीति तथा कार्यक्रम संविधानको भावना अनुसार आएन : खाँड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नीति तथा कार्यक्रम संविधानको भावना अनुसार आएन : खाँड

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानको भावना अनुसार नआएको टिप्पणी गरेको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको भावना अनुसार स्थानीय तहलाई बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारको नीति तथा कार्यक्रमले स्थानीय जनताको भावनालाई समेट्न नसकेको भन्दै यसमा सुधार गरेर अघि बढ्न सरकारलाई सुझाव दिए ।

प्रमुख सचेतक खाँडले सरकारको नीति तथा कार्यक्रम पुरानै ढाँचामा आएकाले त्यसमा सहमति जनाउन सकिने अवस्था नरहेको बताए ।

प्रमुख सचेतक खाँडले सिंहदरबारको अधिकार जनतामा पु¥याउने परिकल्पना सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);