सरकारको नीति तथा कार्यक्रममा आश्वासनमात्र : देउवा

काठमाडौं, २० बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक अरु केही नभएको टिप्पणी गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासन बाहेक अरु केही पनि नभएको प्रारम्भिक प्रतिक्रिया दिनु भएको हो ।

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेस सभापति देउवाले अघिल्लो वर्षकै निरन्तरता बाहेक सरकारले आफ्नो नीति तथा कार्यक्रम केही थप उल्लेख गर्न नसकेको बताउनु भयो ।

त्यसैगरी काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रमले जनतालाई राहत नदिने दावी पनि गर्नु भयो । प्रमुख सचेतक खाँडले सरकारको नीति तथा कार्यक्रममा घोषित कार्यक्रमलाई कार्यान्वयनमा लैजाने योजना नभएको दावी गर्नु भयो ।

Related Post
Share

This website uses cookies.