नीति तथा कार्यक्रमले हाम्रो पार्टीका लागि केही गरेको छैन: नेता ठाकुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नीति तथा कार्यक्रमले हाम्रो पार्टीका लागि केही गरेको छैन: नेता ठाकुर

mahantha thakur

काठमाडौं, २३ बैशाख । राष्ट्रिय जनता पार्टी, नेपालका नेता महन्थ ठाकुरले सरकारको नीति तथा कार्यक्रममा आफ्नो पार्टीका लागि केही पनि नभएको दावी गर्नु भएको छ ।

नेता ठाकुरले सरकारको नीति तथा कार्यक्रममा नयाँपन नभएको पनि बताउनु भयो । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले प्रणाली परिवर्तन भएपनि सरकारको नीति तथा कार्यक्रम परम्परागत शैलीमा प्रस्तुत गरिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

नेता ठाकुरले संघीयता कागज र नक्सामा मात्रै सीमित बनाउने काम भईरहेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो । उहाँले राज्य झनै निरंकुश बन्दै गएको अनुभूति भईरहेको दाबी गर्नुभयो । उहाँले संविधानमा आफूहरुको सहमति नरहेको पनि दोहो¥याउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);