राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अधिनायकवादी मनोवृत्ति : शशांक कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अधिनायकवादी मनोवृत्ति : शशांक कोइराला

डा. शशांक कोइराला

नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा शशांकको आपत्ति

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाउनु भएको छ । महामन्त्री कोइरालाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने शब्दावलीले पूरानै अधिनायकवादी शासकहरुको मनोवृत्तिलाई झल्को दिएको दावी गर्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।

सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले राष्ट्रपतिको मेरो सरकार भन्ने सम्बोधनले अधिनायकवादी चरित्रको पक्षपोषण गर्छ भन्ने आफ्नो निष्कर्ष रहेको पनि स्पष्ट पार्नु भयो ।

‘वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन । नत राष्ट्रपतिज्यूले भन्नु भएजस्तै उहाँको सरकार हो ।’, महामन्त्री कोइरालाले थप भनाई थियो,‘यो त सबैखालको तानाशाही, निरंकुशता र अधिनायकवाद अन्त्य गरी स्थापना गरिएको सरकार हो ।’

महामन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक, बस्तुनिष्ट र तर्कसम्मत नभएको दावी पनि गर्नु भयो । सरकारको नीति तथा कार्यक्रममा सरकारको कामको मात्रै प्रशंशा गरिएको महामन्त्री कोइरालाको आरोप छ । महामन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएका योजना तथा नीतिहरुमा विश्वसनीयता नदेखिएको पनि बताउनु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);