राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा 'मेरो सरकार' भनेकोमा विरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा विरोध

समाजिक संजालका भित्ता ‘मेरो सरकार’ले रंगिए

काठमाडौं, २० बैशाख । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सरकारको पटक पटक नेपाल सरकारलाई मेरो सरकार भनेर संबोधन गरेकी छन् । राष्ट्रपतिको संबोधनमा प्रयोग भएको ‘मेरो सरकार’को सामाजिक संजालमा आलोचना भएको छ । आलोचकहरुले भण्डारीको संबोधनले राजतन्त्रको झल्को दिएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा संबोधन गरेकी राष्ट्रपति भण्डारीले पटक–पटक मेरो सरकार भनेर संबोधन गरेपछि सामाजिक संजालमा संबोधनको पाठ, त्यसले गरेका सकारात्मक संकेत तथा त्यसका राम्रा नराम्रा पक्षको भन्दा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकारको धेरै आलोचना भएको छ । समाजिक संजालका भित्ता मेरो सरकारले रंगिएका छन् ।

राष्ट्रपतिको संबोधन संसदमा नसकिँदै राष्ट्रपतिसँगै राजनीति गरेका एमालेका पूर्वसांसद तथा नेकपाका नेता देव शंकर पौडेलले कविता लेख्न भ्याएका छन् । हिन्दु स्तानमा पानी एता बतास पानी, आयो मेरो सरकार भन्दै लेखिएको कवितामा गम्भीर प्रश्न उठाएका छन् । टोपि लाको छैन, श्रीपेच देखिदैन, जनबोली रड्क्यो कि, जनवादी चेत हरायो कि के त ? दिमागैपो सड्क्योकी भन्दै प्रश्न गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नीति ४ बोरा कार्यक्रम एक अम्खोरा भन्दै टिप्पणी गरेका छन् । उनले भनेका छन् हराएको मेरो सरकार आज सम्बोधनमा भेटियो तर गुमाएको विश्वास जोड्ने इच्छाशक्ति भेटिएन ।

यस्तै कांग्रेस सांसद गगन थापाले पनि मेरो सरकार भन्दै संबोधन गरेकोमा आश्चर्य प्रकट गरेका छन् । उनले लेखेका छन्– मत नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त महामहिम राष्ट्रपति ज्यूको सरकारको नीति तथा कार्यक्रम पस्तुत भइरहेको रहेछ । थापाले प्रधानमन्त्री ओलीलाई नै मेन्सन गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ कहिले जाने भन्दै प्रश्न समेत गरेका छन् ।

पत्रकार गुणराज लुँइटेलले पनि मेरो सरकार लेखेकोमा टिप्पणी गरेका छन् । अघि श्री ५को सरकार थियो– त्यही भएर मेरो सरकार हुकुम हुन्थ्यो । इतिहाँसको झझल्कोले मर्ने भइयो ।

यस्तै लेखक खगेन्द्र संग्रौलाले व्यांग्यबाँण हान्दै प्रधानमन्त्री ओली त विद्या सरकारका प्रजा भएछन् भनेका छन् । केहीले त बालुवाटार मात्र हैन सरकार पनि निजीकरण भइसकेको रहेछ भन्दै व्यंग्य गरेका छन् । केहीले त यो सरकार कस्को भन्दै सामाजिक संजालमै पोल खडा गरेर भोटिङसमेत सुरु गरेका छन् । धेरैले यो सरकारको जनताको कि राष्ट्रतिको भनेर प्रश्न उठाएका छन् ।

सामाजिक संजालमा व्यापक टिप्पणी भएपनि यो नीति तथा कार्यक्रम नेपाल सरकारले मन्त्रिपरिषदबाट पारित गरेर राष्ट्रपतिलाई दिएको दस्तावेज हो । भाषा परिवर्तन गर्ने र उपयुक्त छान्ने विवेक प्रयोग गर्ने अधिकार राष्ट्रिपतिमै थियो र उपयुक्त भाषण छानौट हुनसक्थ्यो । तर, राष्ट्रपतिको कमजोरी भन्दा धेरै नेपाल सरकार किन राष्ट्रपतिलाई नेपाल सरकार भन्दा मेरो सरकार भनाउन तर्फ आकर्षित भयो मुख्य प्रश्न यतातर्फ नै हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);