'अगामी वर्ष तिब्र आर्थिक विकासको वर्ष' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘अगामी वर्ष तिब्र आर्थिक विकासको वर्ष’

niti tatha karyakram

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अगामी वर्ष तिब्र आर्थिक विकासको वर्ष हुने बताउनुभएको छ । शुक्रवार सरकारको आर्थिक वर्ष २०७६ र ०७७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस वर्ष आर्थिक विकासको आधार वर्ष तयार भएको र अगामी वर्ष तिब्र आर्थिक विकासको वर्ष हुने बताउनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अगामी वर्ष तिब्र आर्थिक विकासको वर्ष हुने बताउनुभएको छ । शुक्रवार सरकारको आर्थिक वर्ष २०७६ र ०७७ को नीति तथा कार्यक्रम संसदमा प्रस्तृत गर्दै राष्ट्रपति भण्डारीले यस वर्ष आर्थिक विकासको आधार वर्ष तयार भएको र अगामी वर्ष तिब्र आर्थिक विकासको वर्ष हुने बताउनुभएको हो ।

उहाँले दोहोर अंकको आर्थिक बृद्धिका लागि आधार समेत तयार भईसकेको र त्यसका लागि साझेदार देशहरु पनि सहयोग गर्न तयार भएको बताउनुभयो ।

त्यसैगरी, राष्ट्रपति भण्डारीले सार्वजनिक गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अगामी वर्षमा ५ लाख रोजगारी सृजना गर्ने, एउटा प्रदेशले गरेको विकास नमुना अरु प्रदेशमा लागु गर्न, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ मै संचालनमा ल्याउने उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ताको रकम बृद्धि गर्ने, खोलौ बैकिङ खाता अभियान संचालन गरिने, विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संचालन गर्ने सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको छ ।

त्यसैगरी सन् २०२० लाई पर्यटकीय वर्षको रुपमा विकास गर्ने, विद्यार्थी भर्ना अभियानलाई अगामी वर्षमा पनि जारी राखिने, माध्यमिक तह पुरा गर्न विद्यार्थीहरुलाई टिकाई राख्न दिवा खाजा, विद्यार्थी मैत्री पाठ्यपुस्तकको व्यवस्था गरिने उल्लेख छ ।

बैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य राष्ट्रसंग श्रम सम्झौता गर्ने, मेलम्चीको पानी अगामी वर्षमै काठमाडौंमा उपत्यकामा ल्याई सक्ने, भेरी बवई आयोजनालाई २ वर्ष भित्रमा सक्ने सरकारको लक्ष्य छ ।

पूर्व पश्चिम विद्युतीय रेलमार्ग शुरु गरिने, महाभारत विश्वका पर्यटकलाई शितल मनाउने आउन ठाउँको रुपमा विकास गरिने सरकारको आर्थिक वर्ष २०७६/०७७ को मुख्य नीति तथा कार्यक्रममा परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);