राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

राष्ट्रपति भण्डारीद्वारा लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन

लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन

लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन गर्न राष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

कपिलबस्तु, ४ जेठ । २५६३ औं बुद्धजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन गर्नु भएको छ । बुद्धजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष २०७६ को लुम्बिनीमा विशेष कार्यक्रमकाबीच उद्घाटन गर्नु भयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले सामाजिक सांस्कृतिक विविधताकाबीच बुद्ध धर्मले हरेक समुदायमा सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले मानव जातिको समृद्धिको लागि बुद्धत्वको बाटोमा समात्नु पर्ने पनि बताउनु भयो । राष्ट्रपति भण्डारीले लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।

लुम्बिनी भ्रमण वर्षको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले, नेपाल अब कहिल्यै हिंसाको बाटोमा नफर्किने बताउनु भयो । चरम हिंसाको सहज व्यवस्थापन गरी नेपाल शान्तिको बाटोमा अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले विश्वले नेपालबाट शान्तिको पाठ सिक्न सक्ने पनि बताउनु भयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले लुम्बिनी विकासको गुरुयोजना कार्यान्वयनमा सरकारको ध्यानाकर्षण गराउनु भएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकारले लम्बिनी विकासको गुरुयोजना कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले लुम्बिनी विकासको साथै ग्रेटर लुम्बिनीको विकास गर्ने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);