राष्ट्रपति उपस्थितिमा 'भ्रमण वर्ष २०२०' को औपचारिक उदघाटन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति उपस्थितिमा ‘भ्रमण वर्ष २०२०’ को औपचारिक उदघाटन हुने

visit nepal 2020

काठमाडौं, १५ पुस । बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उदघाटन भोलि हुने भएको छ । २० लाख विदेशी पर्यटक भित्र्याउने उद्देश्य रहेको भ्रमण वर्षको उद्घाटन काठमाडौंको दशरथ रंगशालामा गर्ने तयारी गरिएको छ । एक हजार विदेशी पर्यटकको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने उद्घाटन कार्यक्रमको विशेष तयारी गरिएको छ ।

मुलुक यतिखेर सरकारले अघिसारेको महत्वाकांक्षी ‘नेपाल भ्रमण वर्ष २०२०’ उदघाटनको पूर्वसन्ध्यामा छ । सरकारी दावी अनुसार भ्रमण वर्ष उद्घाटनको सम्पूर्ण तयारी पनि पूरा भएको छ । भ्रमण वर्षसँगै २०२० देखि २०३० सम्मलाई पर्यटन दशकको रुपमा मनाउने तयारीमा जुटेको सरकारले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका लागि भब्य तयारी गरेको छ ।

भ्रमण वर्ष २०२० का उद्घाटनका लागि मात्र ४ करोड खर्च गरिएको छ । भ्रमण वर्षमा विभिन्न देशका पर्यटन मन्त्री लगायत उच्च अधिकारीको उपस्थिती रहने छ । त्यस्तै नेपाल भ्रमण वर्षलाई संसारमा पुर्याउन ५० जना अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई निमन्त्रणा गरीएको छ । विभिन्न देश बाट उद्घाटनका दिन मात्र १ हजार पर्यटक नेपाल आउनेछन ।

यसरी सरकारले धुमधामका साथ नेपाल भ्रमण वर्ष मनाउन गरेको तयारीलाई सर्वसाधारणले सकारात्मक रुपमा लिएका छन् ।

नेपाल भ्रमण उद्घाटन काठमाडौंसहित सातै प्रदेशमा भव्य तयारी गरिएको छ । भ्रमण वर्षको उद्घाटन जनता सामु पुर्याउन सातै प्रदेशको चोक चोकमा स्क्रिन राख्ने व्यवस्था मिलाइएको छ । भ्रमण वर्षले नेपालमा लगानीको वातावरण बढ्ने पर्यटन मन्त्री योगेश भटृराईको विश्वास छ ।

दशरथ रंगशालामा हुने उद्घाटन कार्यक्रममा भारत,चीन,जमाईका र म्यानमार लगायत ४० देशका पर्यटन मन्त्रीहरुलाई निमन्त्रणा गरिएको छ । । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटनका लागि दशरथ रंगशाला झकिझकाउ बनाइएको छ ।

बुधबार विहान देखी र्‍याली लगायत विभिन्न कार्यक्रम हुने छ भने राष्ट्रपति बिद्यादेवी भण्डारीले अपरान्ह ४ बजे नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);