‘घुमौँ भरतपुर’ भन्ने नारासहित भरतपुर भ्रमण वर्ष आजबाट सुरु,प्रधानमन्त्री प्रचण्डसहित पाँच जना पूर्वप्रधानमन्त्री सहभागी हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

‘घुमौँ भरतपुर’ भन्ने नारासहित भरतपुर भ्रमण वर्ष आजबाट सुरु,प्रधानमन्त्री प्रचण्डसहित पाँच जना पूर्वप्रधानमन्त्री सहभागी हुँदै

काठमाडौं,१८ फागुन । भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित भरतपुर भ्रमण वर्ष २०२४ को आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नै चितवन पुगिसक्नु भएको छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने बताइएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि चितवन पुग्ने कार्यक्रम । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बिहीबार नै चितवन पुगिसक्नु भएको छ । उद्घाटन कार्यक्रममा सबै पूर्वप्रधानमन्त्रीलाई निम्तो गरिएको भएपनि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले भने सहभागी हुन नसक्ने जानकारीपाएको भरतपुर महानगर पालिकाले जनाएको छ ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ। उद्घाटनअघि भरतपुरको चौविसकोठीबाट नारायणी नदी किनारसम्म विशाल ¥याली निकालिने छ । महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन् । भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);