अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अत्यन्तै कम : पर्यटनमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अत्यन्तै कम : पर्यटनमन्त्री

काठमाडौं, १५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम रहेको बताउनुभएको छ ।

नेपाल पर्यटन वोर्डको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अत्यन्तै कम रहेको बताउनुभएको हो ।

नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहन नहुने बताउँदै अवको १० वर्षमा कम्तीमा १० प्रतिशत पु¥याउने योजना सरकारको रहेको बताउनुभयो ।

उहाँले संघीय संरचनापछि सबैभन्दा धेरै फाइदा पर्यटन क्षेत्रलाई भएको बताउँदै पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि सरकारले विभिन्न योजनाहरु बनाएको समेत जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटन क्षेत्रको विकासको अभियानको रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले यो अभियान १० वर्ष सम्म चल्ने समेत बताउनुभयो ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रलाई नेपालमा सबैभन्दा बढी रोजगारी दिने क्षेत्रको रुपमा विकास गर्न सकिने समेत बताउनुभयो । कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले १० वर्षमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेगरी पर्यटन क्षेत्रमा काम भइरहेको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);