‘नेपाल भ्रमण वर्ष सम्भावना दूत’हरु नियुक्त गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

‘नेपाल भ्रमण वर्ष सम्भावना दूत’हरु नियुक्त गर्ने सरकारको तयारी

bhraman barsha-sadbhawana dut

काठमाडौं, ३ कात्तिक । सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सम्भावना दूत’हरु नियुक्त गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सम्भावना दूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो ।

त्यसका लागि उहाँले उपयुक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पनि आग्रह गर्नु भयो ।

आइतबार एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवद्र्धन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताउनु भयो ।

विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवद्र्धन गर्ने काममा समस्या देखिएको पनि मन्त्री भट्टराईको भनाई थियो ।

मन्त्री भट्टराईले मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा सरकारले आवश्यक सबै पक्षमा ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);