पर्यटन वर्ष भब्य बनाउन सरकार विभिन्न संघसंगठनसँग घनिभूत छलफलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्यटन वर्ष भब्य बनाउन सरकार विभिन्न संघसंगठनसँग घनिभूत छलफलमा

काठमाडौं, ८ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरुसँगको छलफल महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

मंगलबारसम्म ६० वटा विभिन्न राष्ट्रिय संगठनहरुसँग छलफल भएको र बुधबार पनि करिब ८० वटा संगठनहरुसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

मन्त्री भट्टराईले मंगलबारको छलफलमा सहभागि तीनवटै संगठनहरुलाई जनवरी १ मा हुने मार्चपासमा प्रत्येक संगठनबाट एक सयजनालाई सहभागि गराउन पनि आग्रह गर्नुभएको छ ।

पाँच तारे होटलहरुमा नेपाली खानाको मेन्यु राख्न निर्देशन दिइसकेको बताउँदै उहाँले होमस्टेहरुमा बास बस्नका लागि मात्रै नभएर स्थानीय उत्पादनलाई टेवा पुग्ने गरी खानाको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।

जनवरी १ बाट नेपालले भ्रमण वर्ष २०२० मनाउँदै छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);