'ब्लेम गेम र प्रोक्सी वारको अवस्था अन्त्य गर्न प्रधानमन्त्रीलाई सुझाव' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

‘ब्लेम गेम र प्रोक्सी वारको अवस्था अन्त्य गर्न प्रधानमन्त्रीलाई सुझाव’

pm yogesh

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार बुधबार बिहान प्रधनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले केही मन्त्री र पार्टीका स्थायी कमीटी सदस्यहरुलाई बोलाइ स्थायी कमिटीमा देखिएको विवादका विषयमा छलफल गर्नुभएको थियो ।

छलफलमा सहभागि भएका नेताहरुले पार्टीमा ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न पहलकदमी लिन सुझाव दिएको मन्त्री भट्टराईले बताउनुभयो । उहाँले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भएपनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउन समेत सुझाव दिइएको बताउनुभयो ।

मन्त्री भट्टराईले विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरुले समस्या हल गर्न नसक्ने र विभाजन तिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान सुझाव दिइएको बताउनुभयो ।

मन्त्री भट्टराईले एकपल्ट आ–आफ्नो इतिहास पढेर समाधान निकाल्न तर्फ ध्यान दिन समेत आग्रह गरिएको बताउनुभयो । उहाँले हिजोको बैठकमा नेताहरु प्रतुत भए अनुसार वरिष्ठ नेताहरुको बिचमा नै आरोप प्रत्यारोप भएको स्पस्ट भइसकेको बताउनुभो । यसले पार्टीलाई संवेदनशिल बनाएकोले देशभरका कार्यकर्ताहरु स्तब्ध भएको बताउनुभयो ।

निर्वाचन आयोगमा एमाले नामको दल दर्ता भएको विषयमा दलदर्ता गर्ने स्वतन्त्रता सबै नागरिकलाई भएको तर आज जुन तहको छलफल बैठकमा हुँदै छ त्यो तहको वेटेज र ग्राभिटी राख्छ भन्ने विश्वास आफुलाई नलागेको मन्त्री भट्टराईले बताउनुभयो । आजको छलफल पछि उहाँले चाल्ने कदमले सकारात्मक छलफल बन्ने आशावादि रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);