नेकपा बैठक स्थगित, अर्काे बैठक बिहीबार बस्ने (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेकपा बैठक स्थगित, अर्काे बैठक बिहीबार बस्ने (भिडियोसहित)

काठमाडौं, १७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । बैठकको पाँचौ दिन ५ जना सदस्यले आफ्नो धारणा राखेपछि बैठक स्थगित भएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा नेताहरुले हिजोकै एजेन्डामाथि आफ्नो धारणा राखेको जानकारी दिनुभयो । नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संसदबाट शोक प्रस्ताव पारित गर्ने कार्यक्रम जानुपर्ने भएकाले बैठक भोलीबस्ने गरी स्थगित भएको उहाँले बताउनुभयो ।

बुधबारको बैठकमा स्थायी समिति सदस्यहरु नन्दकुमार प्रसाई, लिलामणि पोखरेल, मात्रिका यादव, पेसल खतिवडा र योगेश भट्टराईले आफ्नो धारणा राख्नु भएको थियो ।

यसअघि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका मन्त्री र स्थायी समिति सदस्यहरुसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । मंगलबारको बैठकमा बोल्ने नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);