राेकियो ओलीको प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राेकियो ओलीको प्रतिवेदन

kp-oli

काठमाडौं, १३ पुस । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले पार्टीको स्थायी समिति बैठकमा बिहीबार झण्डै सवा दुई घण्टा भाषण गरे। उनले सरकार सफल रहेको दाबी गरे। र, बैठकमा प्रस्तुत राजनीतिक दस्तावेज पारित गर्ने प्रस्ताव राखे। तर उनको जवाफले नेताहरुको चित्त बुझेन। तिनले असन्तुष्टि जनाएपछि ओलीको प्रस्ताव स्थगित भएको छ।

जारी बैठकमा यसअघि स्थायी समितिका ४७ सदस्यले दस्तावेज र सरकार तथा पार्टी सञ्चालनबारे धारणा र प्रश्न गरेका थिए। ओलीले ती प्रश्नलाई सम्बोधन नगरेको आरोप नेताहरुले लगाए। घनश्याम भुसाल, भीम रावल, वामदेव गौतमलगायत नेताले अध्यक्षद्वयको साझा राजनीतिक प्रस्ताव जस्ताको तस्तै पारित हुन नसक्ने बताए। पारित गर्न खोजिए फरक मत राख्ने उनीहरुको भनाइ थियो।

परिमार्जनको खाका नआए दस्तावेज पारित नहुने अडान नेताहरुले राख्न थालेपछि बैठकमा अर्का अध्यक्ष दाहालले हस्तक्षेप गरे। उनले बैठक शुक्रबार बिहानसम्म स्थगित गरे। बिहीबार दस्तावेज पारित गरेर बैठक सक्ने तयारी थियो। साथै, संगठनात्मक एकताका लागि कार्यदल बनाउने र पुस मसान्तसम्म एकीकरण सक्नेगरी कार्ययोजना समेत बनाइने योजना थियो। दस्तावेज पारित नभएपछि यो कार्यतालिका पछि सरेको छ।

आफ्नो भाषणमा ओलीले सरकारका कामको बचाउ गरे। उनले ‘जनताको तहमा सरकारको वाहवाही भए पनि पार्टीभित्र आलोचित हुनुपरेको’ गुनासो गरे। राष्ट्रियता, लोकतान्त्रिक प्रणाली, समृद्धि र समानतासहितको समाज स्थापना, शान्ति र स्थायित्व, सुशासन, विकास र समाजवादको यात्रा सरकारको मिसन भएको ओलीले बताए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);