वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित

bamdev gautam

काठमाडौं, ६ पुस । नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ । आइतबार नेकपा स्थायी कमिटीको बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको हो ।

केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम नेकपाको उपाध्यक्ष हुनुहुनेछ । गत मंसिर २९ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ ।

नेकपाले पुस २३ गते केन्द्रीय कमिटी बैठक डाकेको छ । सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव गरेको थियो। नेकपामा अब एक उपाध्यक्ष रहने विधानमै व्यवस्था हुने भएको छ ।

यसैगरी नेकपा स्थायी कमिटीको बैठकले नेपाल–भारतबीच देखिएको सीमा समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत फिर्ता ल्याउन र सीमा विवाद हल गर्न पार्टीले ठोस पहल गर्नुपर्ने पनि निर्णय गरेको छ । गत २९ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव पौडेलले राखेका बेग्लाबेग्लै प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए ।

बैठकले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । यसैगरी पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने, विधान संशोधनको प्रस्ताव तयार पारेर केन्द्रीय कमिटीमा पेस गर्ने, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्ने, पछिल्लो समय भएका सडक दुर्घटनाका घाइतेलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।

एमसीसी प्रकरणमा पार्टी सचिवालयले आवश्यक गृहकार्य गरेर निर्णय लिन सक्ने निर्णय भएको जनाइएको छ । पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनका बारेमा स्थायी कमिटीका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्य नसकिएपछि बैठक आजपनि बसेको हो ।

शनिबारको बैठकमा जवाफ दिने क्रममा दाहालले स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीव्रता प्रदान गर्न र तीनै तहको सरकारलाई प्रभावकारी बनाइ देशलाई सही दिशामा अघि बढाउने मद्दत पुगेको विचार राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको थियो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले बैठकमा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यतालिका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);