नेकपा बैठक : अध्यक्षद्वयको राजनीतिक प्रस्ताव संशोधनसहित पारित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेकपा बैठक : अध्यक्षद्वयको राजनीतिक प्रस्ताव संशोधनसहित पारित

nekapa baithak

काठमाडौं, ६ पुस । नेकपाको स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ ।

गत मंसिर २९ गतेदेखि बसेको नेकपा स्थायी कमिटी बैठकले एक हप्तासम्म स्थायी समितिमा आएका टिप्पणी, सुझाव र आलोचनाहरुलाई परिमार्जन गरी अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन आइतबार पारित गरेका छन् ।

बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक प्रस्तावको प्रस्तावना र अन्य केही बुँदामा परिमार्जनसहित केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय भएको नेकपा स्थायी कमिटी सदस्य भिम रावलले जानकारी दिनु भयो ।

बैठकले महासचिवको विधान संशोधन प्रस्तावसँगै वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पनि पारित गरेको छ । स्थायी समितिमा मिलेनियम कर्पोरेसन च्यालेन्ज एमसिसी बारे विवाद बढेपछि शनिबार सकिने भनिएको स्थायी कमिटी बैठक आइतबारमात्र सकिएको हो । बैठकमा निकै विवाद भएको एमसिसीबारे उठेका विषयहरुबारे थप छलफल गर्ने जिम्मा सचिवालयलाई दिइएको स्थायी समिति सदस्य भीम रावलले बताउनु भयो ।

बैठकले चार वटा प्रस्ताव पनि पारित गरेको छ । पहिलो बुँदामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना सहित छिटो काममा फर्कन सक्ने हुन बैठकले सद्भाव व्यक्त गरेको छ । त्यसैगरी लिम्पियाधुरा, लिपुलेक लगायतका नेपाली भूमी भारतले मिचेको र त्यी क्षेत्र नेपालको भएको स्पष्ट पार्दै यसबारे भारतसँग कुटनीतिक तवरमा वार्ता गर्न आग्रह गर्ने प्रस्ताव स्थायी समितिले पारित गरेको छ ।

पछिल्लो समयमा सडक दूर्घटनामा धेरैको ज्यान गएको भन्दै बैठकले सडक सुरक्षामा संवेदनशील हुन तथा मृतकका परिवारलाई उचित राहत दिन पनि सरकारसँग माग गरेको छ । नेकपाको केन्द्रीय समिति बैठक पुस २३ गते काठमाडौंमा हुने रावलले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);