माओवादी केन्द्रले समाजवादी मोर्चालाई थप सक्रिय बनाउने | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

माओवादी केन्द्रले समाजवादी मोर्चालाई थप सक्रिय बनाउने

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले आगामी शुक्रबार बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  बसेको पार्टी पदाधिकारी बैठकले शुक्रबारदेखि शुरु हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थायी कमिटी बैठकका एजेण्डाहरुमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषय तय भएका छन् । सापकोटाले स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गर्ने पनि जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकबाट संगठन निर्माण, नेताहरुको कार्य विभाजन लगायत प्रस्ताव पारित गरिने पनि बताउनुभयो ।

Leave a Reply

ताजा समाचार