माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

माओवादीले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने

काठमाडौं, २८ पुस
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको प्रत्यक्ष निगरानीमा आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनुभएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा उहाँले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताउनुभएको हो । जनताको निगरानी र हस्तक्षेपकारी भुमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउनेमा प्रचण्डले जोड दिएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । विगतमा भन्दा बढि आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने प्रधानमन्त्रीले बैठकमा भनेको प्रवक्ता सापकोटाले बताउनुभयो ।
स्थायी कमिटी बैठकले विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म राजधानीमा गर्ने, पार्टी एकताको वातावरण बनाउने निर्णय पनि गरेको छ । पार्टी एकताको संयोजन अध्यक्ष प्रचण्डले गर्ने र त्यसका लागि नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टीसँग छलफल अघि बढाउने निर्णय भएको छ । बैठकले जनतासँग माओवादी’ विशेष रुपान्तरण चार महिने अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकालेको छ । पार्टी स्थायी कमिटीको अर्को बैठक माघ २६ गते बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);