महाधिवेशन तयारीबारे छलफल गर्न नेकपा संगठन विभागको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

महाधिवेशन तयारीबारे छलफल गर्न नेकपा संगठन विभागको बैठक बस्दै

nekapa

काठमाडौं, २८ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठन विभागको बैठक आइतबार बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वराहीमा बिहान ११ बजेका लागि बोलाइएको हो ।

ईमाउण्टेनटिभीसँग कुरा गर्दै विभागको उपप्रमुख जनार्दन शर्माले महाधिवेशनका लागि आवश्यक तयारी गर्न संगठन विभागको बैठक बोलाइएको बताउनुभयो ।

शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले आगामी चैत अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो । करिब डेढ महिना स्थगित भएपछि बसेको बैठकले आगामी चैत्र २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन आगामी कत्तिक १५ देखि १७ सम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको थियो ।

त्यस्तै शुक्रबारको बैठकले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पूर्ण रुपमा पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने निर्णय पनि गरेको थियो । स्थायी समितिको निर्णयसँगै प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी सञ्चालन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित रहनुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);