मैले नभनेको कुरा कुप्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल हुन् : भीम रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

मैले नभनेको कुरा कुप्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल हुन् : भीम रावल

काठमाडौं, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीम रावलले एमसीसी पारित गर्नुपर्छ भनेर आफूले नभनेको स्पष्ट पर्नुभएको छ । उहाँले एमसीसी पारित गर्नुपर्छ भनेको भनी आफूविरुद्ध कुप्रचार गरिएको बताउनुभएको छ ।

शनिबार नेता रावलले ट्वीट गर्दै लेख्नुभएको छ , ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् ।’

‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’ नेता रावलले थप लेख्नुभएको छ ।

शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply