एमसीसीको अध्ययन गर्न झलनाथको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एमसीसीको अध्ययन गर्न झलनाथको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन

nekapa sachibalaya latest

काठमाडौं, १९ माघ । सत्तारुढ नेकपाले अमेरिकन मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी अध्ययन गर्न बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहनुभएको छ ।

पार्टीभित्र ज्ञवाली एमसीसी पास गर्नुपर्ने पक्षमा हुनुहुन्छ भने रावलले एमसीसीको विरोधमा केन्द्रीय कमिटी र स्थायी कमिटीमा फरक मत राख्नुभएको छ । खनालको नेतृत्वमा कार्यदल बनाउने प्रस्ताव आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ल्याएको थियो।

सचिवालयले ल्याएको प्रस्ताव केन्द्रीय कार्यसमितिको राष्ट्रियसभा गृहमा बसेको बैठकले पारित गरेको हो । कार्यदललाई १० दिनको समय दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);