एमसीसी अध्ययन गर्न नेकपाले बनाएको कार्यदलले काम सुरु गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमसीसी अध्ययन गर्न नेकपाले बनाएको कार्यदलले काम सुरु गर्‍यो

एमसीसी कर्यदल

काठमाडौं, २० माघ । सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अध्ययन गर्न बनाएको कार्यदलले काम सुरु गरेको छ ।

सोमवार कार्यदलको पहिलो बैठक बसेर काम सुरु गरेको हो । कार्यदलको बैठक सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको थियो । नेकपाको केन्द्रीय कमिटी बैठकले आइतबार वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको समिति गठन गरेको थियो ।

पार्टीभित्र ज्ञवाली एमसीसी पास गर्नुपर्ने पक्षका मानिनुहुन्छ भने रावलले एमसीसीको विरोधमा केन्द्रीय समिति र स्थायी समितिमा फरक मत राख्नुभएको थियो । यो कार्यदललाई १० दिनको समय दिइएको छ ।

कार्यदलले एमसीसीको सम्बन्ध अमेरिकी सैन्य रणनीतिक परियोजना इन्डो प्यासिफिकसँग छ कि छैन ? नेपालको हीतमा छ कि छैन ? लगायतको अध्ययन गरेर केन्द्रीय सचिवालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।

सडक र विद्युत परियोजनामा लगानी गर्नका लागि अमेरिकाले ५० अर्बभन्दा बढी सहयोग गर्न लागेको हो । उक्त परियोजनाका कतिपय बुँदामा नेकपाभित्र मतभिन्नता छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);