एमालेमा महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एमालेमा महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ ।

गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको एमाले स्थायी कमिटीका सदस्य किरण गुरुङले बताएका छन् ।

गुरुङका अनुसार १६ गते बोलाइएको बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी व्युँताउने निर्णय भएको छ । त्यसपछि केन्द्रीय कमिटीबाट थप निर्णय हुने छ ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको हो ।

त्यस्तै, केन्द्रीय सदस्य विष्णु रिजालले पनि महाधिवेशन आयोजक कमिटी निस्क्रिय बनाइने तयारी भएको बताएका छन् । उनका अनुसार ‘एमालेमा अब अस्थायी संरचना नरहने र पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुने जानकारी दिए ।

अध्यक्ष ओलीले २३ जेठमा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । तर उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सहमति देखाएको छैन ।

सर्वोच्च आदलतले पनि आयोजक कमिटीलाई मान्यता दिएको छैन । यसअघि सर्वोच्चले आयोजक कमिटीले गरेको कारबाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);