एमाले महाधिवेशन आयोजक कमिटीको बैठक वैशाख ६ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक वैशाख ६ मा

काठमाडौं, ३० चैत । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वैशाख ६ गते बस्नेगरी बैठक बोलाउनु भएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था लगायत समसामयिक विषयमा छलफल हुने उनले बताए । ‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ, तर बैठकको खास एजेण्डा भनेर कुनै पनि विषय तय गरिएको छैन’– रिजालले भने ।

एमालेले २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । तर तीमध्ये माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई एमालले ६ महिनाका लागि निलम्बन गरिसकेको छ । पार्टी हित विपरित काम गरेको भन्दै चार नेतालाई एमालले कारबाही गरेको हो ।

पार्टी केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई एमालेले महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । पार्टीमा अध्यक्ष र महासचिवमात्र राखेर एमाले केन्द्रीय कमिटी बैठकले अरु पदाधिकारी खारेज गरेको थियो ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);