एमालेले असार १६ गते बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

एमालेले असार १६ गते बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौं । नेकपा(एमाले)ले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले असार १६ गते पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।

राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरु गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुपरेको उनले बताए । उनले भने – ‘पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपतिहरु र राष्ट्रिय राजनीतिका विभिन्न आयामहरुको संक्षिप्त तर गहन छलफल गरेका छौँ । यो विषयमा थप केही निर्णयहरु गर्नु आवश्यक भएको, अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णयहरु निकाल्नुपर्ने भएको हुनाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठक आव्हान गर्ने निर्णय बैठकले गरेको छ ।’

प्रवक्ता ज्ञवालीले बैठकले पार्टी सदस्यता नविकरणको कामलाई तिव्रता दिन मातहतका कमिटीलाई निर्देशन दिएको पनि बताए । उनले एमालेलाई एकताबद्ध बनाउनका लागि हरसम्भव प्रयास गरिरहेको पनि बताए । एमाले एकताबद्ध भइरहेमा मात्रै कम्युनिष्ट आन्दोलन, संविधान र राष्ट्रिय एकताको रक्षा गर्न सकिने भन्दै उहाँले आफुहरु एकताको पक्षमा रहेको बताए ।

प्रवक्ता ज्ञवालीले आफुहरु एकताको पक्षमा रहेपनि माधव नेपाल पक्षधर पार्टीलाई विभाजित गर्ने र प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउनको लागि लागेको बताए । माधव पक्ष एकताको पक्षमा नरहेको जिकिर उनले गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);