सहमति कार्यान्वयन नभएसम्म म सपथ खान्न : सांसद मनाङ्गे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सहमति कार्यान्वयन नभएसम्म म सपथ खान्न : सांसद मनाङ्गे

असिम पौडेल,
कास्की । गण्डकी प्रदेश सरकारका स्वतन्त्र सांसद राजिव गुरुङ दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको सपथ नखाने भएका छन् । मन्त्री मनाङ्गेले गठबन्धन गर्ने समयमा भएको सहमति कार्यान्वयन नभएसम्म आफूले विभागीय मन्त्रीको सपथ नखाने बताएका हुन् ।

“राजनीति वेइमानी हैन, कांग्रेस र माओवादीले गतिछाडा पारा देखायो , सहमति कार्यान्वयन नभएसम्म म सपथ खान्न ।’’ दीपक मनाङेको भनाइ छ ।

विधानको धारा १ सय ६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कांग्रेसका नेता तथा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको २३ दिन भए ता पनि गण्डकी प्रदेश सरकारले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन ।

गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);