प्रदेश ६ का मुख्यमन्त्री शाहीले सपथ लिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेश ६ का मुख्यमन्त्री शाहीले सपथ लिए

सुर्खेत, ४ फागुन । प्रदेश नम्वर ६ को मुख्यमन्त्रीमा नियुक्त भएका महेन्द्रबहादुर शाहीले एक समारोहबीच पद तथा गोपनियताको सपथ लिएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण समारोहमा नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसद सहित शुभेच्छुकहरुको उपस्थिति थियो ।

मुख्यमन्त्री शाहीले सपथ लिए लगत्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पद बहाल गरेका थिए । विहिबार मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष पेश गरिएको दाबी पत्रमा एमाले र माओवादीका ३२ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । प्रदेश सरकारले आइतबार पुर्णता पाउने भएको छ । ६ नम्वर प्रदेशमा मुख्यमन्त्री सहित ७ मन्त्री रहने छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);