एउटै कार्यकालमा एकै व्यक्ति संविधानको सबै धाराको प्रयोग गरी प्रधानमन्त्री बन्न मिल्दैन : संविधानविद् आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एउटै कार्यकालमा एकै व्यक्ति संविधानको सबै धाराको प्रयोग गरी प्रधानमन्त्री बन्न मिल्दैन : संविधानविद् आचार्य

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले एउटै कार्यकालमा एकै व्यक्ति संविधानको सबै धाराको प्रयोग गरी प्रधानमन्त्री बन्न नमिल्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट बहस गर्दै संविधानविद् आचार्यले एकै व्यक्ति संविधानको सबै धाराअनुसार प्रधानमन्त्री बन्न नसक्ने बताएका हुन् ।

संवैधानिक इजलासमा बहस गर्दै आचार्यले धारा ७६ को उपधारा १, २, ३,अनुसार प्रधानमन्त्री बनिसकेका केपी शर्मा ओलीले उपधारा ५ अनुसार पनि प्रधानमन्त्री बन्न दाबी गर्न नमिल्ने उल्लेख गरेका छन् ।

धारा ७६को उपधारा ४ अनुसार प्रक्रिया पुरा नगरी उपधारा ५ मा प्रवेश गर्न नमिल्ने उनको भनाई छ । उनले प्रधानमन्त्रीको पद खाली नभई अर्को प्रधानमन्त्री चयनको प्रक्रिया थाल्न नहुने समेत बताएका छन् ।

धारा ७६को उपधारा ५ अनुसार प्रधानमन्त्री छान्दा दलीय निर्देशन ह्वीप समेत नलाग्ने आचार्यको भनाई छ ।

विघटनविरुद्ध परेको रिटमाथि निवेदकतर्फका कानुन व्यवसायीको बहस आइतबार सकिँदैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);