नयाँ सरकार गठन प्रक्रिया रोक्न मिल्दैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नयाँ सरकार गठन प्रक्रिया रोक्न मिल्दैन

काठमाडौ, २० पुस । कानुनवीद्हरुले निर्वाचन सकिए लगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने बताएका छन् । नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न नसकिरहेका बेला कानुनविद्हरुले संविधानको धाराको व्याख्या गरेर नयाँ सरकार गठन प्रक्रिया रोक्न नमिल्ने तर्क गरेका हुन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मंचले बिहीबार काठमाडाैँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया रोक्न नमिल्ने बताएका हुन् ।

उनले संविधानको धाराको व्याख्या गरेर निर्वाचित जनप्रतिनिधिलाई सरकार हस्तान्तरण गर्न रोक्ने काम संसारमा कहीँ पनि नभएको स्मरण गरे । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष समेत रहेका थापाले निर्वाचन सकिएकाले जनताको म्यान्डेट अनुसार सरकार गठन गर्न मार्ग प्रसस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराए ।

कार्यक्रमका बोल्दै पूर्वमहान्यायाधिवक्ता हरि फुयाँलले पनि निर्वाचन लगत्तै प्रतिनिधिसभाको कार्यकाल सुरु भइसकेको उल्लेख गर्दै सरकार गठन प्रक्रिया अघि बढाउन संवैधानिक अड्चन नरहेको दावी गरे । निर्वाचन आयोगले ३३ प्रतिशत महिला पुर्याउनु पर्ने संवैधानिक बाध्यताका कारण देखाउँदै प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।

संवैधानिक व्यवस्था अनुसार समानुपातिकतर्फको सिट संख्या बाँडफाँडको लिष्ट तयार पारेपछि निर्वाचन आयोगले सोही विवरण राष्ट्रपतिलाई बुझाउन मिल्ने व्यवस्था संविधानको धारा ६२ रहेको पनि पूर्व महान्यायाधिवक्ता फुयाँलको दावी छ ।

पूर्व महान्यायाधिवक्ता फुयाँलले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न केही अड्चन भए दलीय सहमति खोज्न सक्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);