राष्ट्रपतिको जिम्मेवारी दिए अस्विकार गर्दिन : खनाल | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

राष्ट्रपतिको जिम्मेवारी दिए अस्विकार गर्दिन : खनाल

झापा,  २० पुस । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूलाई राष्ट्रपतिको जिम्मेवारी दिए अस्विकार नगर्ने बताएका छन् । उनले भने, ‘म राष्ट्रपति पद अस्वीकार पनि गर्दिनँ, राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गर्दै पनि हिँड्दिन ।’

भावी राष्ट्रपतिको रुपमा चर्चा भईरहेका बेला वरिष्ठ नेता खनालले बिहीबार झापाको विर्तामोडमा स्थानीय संचारकर्मीमाझ बाेल्दै  राष्ट्रपति बन्न कसैलाई नमस्कार गरेर  नहिँडने स्पष्ट पारेका हुन् ।

राष्ट्रपति बनेपनि आफू सक्रिय नै भएर लागि पर्ने उनले  प्रतिक्रिया दिएका छन् । वरिष्ठ नेता खनालले आफू निरन्तर सक्रिय राजनीतिमा लागि रहने प्रतिवद्धता व्यक्त गरे । उनले राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुने  स्मरण गरे । वरिष्ठ नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिएकोमा  असन्तुष्टि व्यक्त गरे ।

ताजा समाचार