केन्याबाट सात नेपाली चेलीको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

केन्याबाट सात नेपाली चेलीको उद्धार

काठमाडौं, २० पुस । केन्याबाट सात नेपाली चेलीको उद्धार गरिएको छ । भारत हुँदै केन्या पुर्याइएका उनीहरुलाई भारतीय हाइ कमिसनले उद्धार गरेको हो ।

भारतीय हाइ कमिसनले केन्या प्रहरीसँगको सहकार्यमा अपरेसन चलाएको थियो । भारतीय युवतीसँगै रहेका नेपाली चेलीको समेत नैरोवीमा रहेको भारतीय हाइ कमिसनले उद्धार गरेको हो ।

भारतीय र नेपाली युवतीको उद्धारको विषयमा ट्वीट गर्दै भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारतीय र नेपाली चेलीको उद्धारमा सक्रिय नौरोवीमा रहेकी भारतीय हाइ कमिसनर सुचित्रा दुरै र प्रथम सचिव किरण यादवको प्रशंसा गरेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);